NIMB Header 2
Nepal Life

नेपालको विपत्तिप्रति केन्या सरकारद्वारा समवेदना व्यक्त

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 31 18:26
नेपालको विपत्तिप्रति केन्या सरकारद्वारा समवेदना व्यक्त
United Ajod

काठमाडौं। केन्या गणतन्त्र सरकारले नेपालका उत्तरी हिमाली जिल्लामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति समवेदना प्रकट गरेको छ।

Nepal Life
NIMB

केन्याको मन्त्रिपरिषद् सचिवालय तथा विदेश र डायस्पोरा मामिला मन्त्रालयले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाएको शोक सन्देशमार्फत रसुवा तथा भोटेकोशी नदी उपत्यकासहित उत्तरी हिमाली क्षेत्रमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको हो।

केन्याका प्रधानमन्त्रीका मन्त्रिपरिषद् सचिव तथा विदेश र डायस्पोरा मामिलामन्त्री डा. मुसालिया मुदावादीले नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

सन्देशमा केन्या सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै, बाढीबाट प्रभावित परिवार, विदेशी नागरिक तथा पर्यटकप्रति पनि सहानुभूति प्रकट गरिएको छ।

केन्याले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाउँदै बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका क्रममा नेपालप्रति आफ्नो साथ र समर्थन रहेको जनाएको छ।

नेपालका उत्तरी हिमाली क्षेत्रमा आएको बाढीले जनधनमा ठूलो क्षति पुर्‍याएपछि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त हुने क्रम जारी रहेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया