बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आईजीआई प्रुडेन्सियलको ७५ लाख सहयोग
- BFIS News
- 2026 Aug 31 22:55
काठमाडौं । रसुवामा हालै आएको बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले रसुवामा आएको विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख र संवेदना व्यक्त गर्दै प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध कम्पनीले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत र पुनःस्थापना कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको जनाएको छ।
कम्पनीले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना तथा सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेका सरकारी एवं सरोकारवाला निकायहरूको प्रयास सफल हुने विश्वास व्यक्त गरेको छ।
रसुवामा आएको बाढीपहिरोले धेरै परिवार तथा समुदायलाई प्रभावित बनाएको उल्लेख गर्दै कम्पनीले कठिन समयमा राहत र पुनःस्थापनाका लागि सबै पक्ष एकअर्काको साथमा उभिनुपर्ने जनाएको छ।
कम्पनीले प्रभावित परिवारहरूको सुरक्षित, सहज र सुखद भविष्यको कामना गर्दै पुनःस्थापनाको यात्रामा आफूहरू प्रभावित समुदायसँगै रहेको जनाएको छ। उक्त सहयोग राहतका लागि मात्र नभई विपद्को कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिने प्रतिबद्धताको अभिव्यक्ति पनि रहेको कम्पनीको भनाइ छ।
कम्पनीले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ। आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको अवस्थामा आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय तथा राहतमुखी कार्यमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया