NIMB Header 2
Nepal Life

राष्ट्रिय दुखमा नेपाल इन्स्योरेन्सको साथ, बाढीपीडितका लागि ५० लाख सहयोग

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 31 19:16
राष्ट्रिय दुखमा नेपाल इन्स्योरेन्सको साथ, बाढीपीडितका लागि ५० लाख सहयोग
United Ajod

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

Nepal Life
NIMB

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ। भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गरी राहत तथा पुनर्स्थापनाका प्रयासमा साथ र सहयोग प्रदान गरिएको जनाएको छ।

बाढीबाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुग्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

यस दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा बाढीबाट प्रभावित सबै नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया