एभरेस्ट बैंकले बोलायो ३२औँ वार्षिक साधारणसभा, १५ प्रतिशत लाभांश पारित गर्ने
- BFIS News
- 2026 Sep 06 11:21
काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले आगामी असोज १४ गते ३२औँ वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ। बैंकका अनुसार साधारणसभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे सुरु हुनेछ।
साधारणसभाको प्रमुख एजेन्डामध्ये आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित १५ प्रतिशत लाभांश पारित गर्ने रहेको छ। बैंकको सञ्चालक समितिको भदौ ११ गते बसेको ४०२औँ बैठकले चुक्ता पुँजीबाट ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको थियो।
बैंकको हाल चुक्ता पुँजी १३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।
यसैगरी, साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाको एजेन्डामा राखिएको छ।
बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि असोज १ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले असोज १ गतेसम्म बैंकको सेयरधनी कायम रहेका लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया