NIMB Header 2
Nepal Life

सानिमा बैंकले बोलायो २२औँ वार्षिक साधारणसभा, १० प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 06 11:41
सानिमा बैंकले बोलायो २२औँ वार्षिक साधारणसभा, १० प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव
United Ajod

काठमाडौं । सानिमा बैंक लिमिटेडले २२औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ। बैंकले आगामी असोज १२ गते काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे साधारणसभा बोलाएको हो।

Nepal Life
NIMB

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ। बैंकले उक्त आर्थिक वर्षका लागि १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिले प्राथमिकता (प्रिफरेन्स) सेयरधनीका लागि ८.२५ प्रतिशत लाभांशबापत ५ करोड २४ लाख रुपैयाँ तथा साधारण सेयरधनीका लागि करसहित १० प्रतिशत नगद लाभांशबापत १ अर्ब ३५ करोड रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने प्रिफरेन्स सेयरतर्फको पुँजी २ अर्ब रुपैयाँ रहेको छ। सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट साधारण सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

त्यस्तै, साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान तथा अन्य वित्तीय विवरण, वासलात र नगद प्रवाह विवरणलगायतका प्रतिवेदनहरू पारित गर्नेछ। आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभामा पेश हुनेछ।

साधारणसभामा सार्वजनिक सेयरधनी समूहबाट सञ्चालक समितिमा दुई जना सञ्चालक निर्वाचित गर्ने एजेन्डा पनि रहेको छ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि असोज १ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले असोज १ गतेभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया