विपद्को घडीमा वर्ल्डलिंकको साथ, उद्धार कोषमा १ करोड १ लाख सहयोग
- BFIS News
- 2026 Sep 07 21:05
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा विपद्बाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले विपद्को समयमा प्रभावित समुदायसँगै उभिने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरेको जनाएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको अवस्थामा सहयोग गरेको हो।
बाढीका कारण घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधारमा समेत क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै पुनःस्थापना तथा पुनर्निर्माणका प्रयास अघि बढिरहेका छन्। यस्तो अवस्थामा कोषमार्फत गरिएको आर्थिक सहयोगले प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्काउन तथा क्षतिग्रस्त संरचना र जीविकोपार्जनका माध्यम पुनर्निर्माण गर्न योगदान पुग्ने कम्पनीले जनाएको छ।
वर्ल्डलिंकले विपद्बाट प्रभावित समुदायका लागि तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि समेत निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।
कम्पनीले बाढी तथा अन्य विपद्का कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका प्रभावितप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका सरकारी तथा सुरक्षा निकाय, उद्धार तथा राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति सम्मान व्यक्त गरेको छ।
वर्ल्डलिंकले विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका प्रयासमा आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया