NIMB Header 2
Nepal Life

बुद्ध रिजेन्सीले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 10 18:46
बुद्ध रिजेन्सीले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल
United Ajod

काठमाडौं । लुम्बिनीको सिद्धार्थनगरमा सञ्चालनमा रहेको पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

Nepal Life
NIMB

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ। यसअनुसार आईपीओबाट कम्पनीले १५ करोड रुपैयाँ बराबरको पुँजी संकलन गर्नेछ।

आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा भदौ २५ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमा हस्ताक्षर भएको हो। सम्झौतामा बुद्ध रिजेन्सी लिमिटेडका तर्फबाट सञ्चालक सुनिल अग्रवाल र लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। कम्पनीले निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गर्ने जनाएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि पाँचतारे होटल

बुद्ध रिजेन्सी होटल सिद्धार्थनगर (भैरहवा) स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि सञ्चालनमा रहेको पाँचतारे लक्जरी होटल हो। होटलले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन कम्पनी विन्डहम होटल्स एण्ड रिसोर्ट्ससँग साझेदारी गर्दै ‘रामाडा बाइ विन्डहम’ ब्रान्डअन्तर्गत सेवा प्रदान गर्दै आएको छ।

होटलमा आरामदायी बसाइका लागि डिजाइन गरिएका १०० भन्दा बढी सुविधासम्पन्न कोठा रहेका छन्। त्यस्तै, विवाह समारोह तथा ‘डेस्टिनेसन वेडिङ’का लागि ठूला तथा भव्य बैंक्वेट हलहरू उपलब्ध छन्।

कर्पोरेट कार्यक्रम तथा सम्मेलनका लागि होटलमा दुईवटा समर्पित हलसमेत रहेका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगको निकटता तथा लुम्बिनी क्षेत्रको पर्यटन सम्भावनालाई लक्षित गर्दै होटलले आतिथ्य सत्कार व्यवसाय सञ्चालन गरिरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया