हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ जनवरी १७ देखि, १०० भन्दा बढी स्टल रहने
- BFIS News
- 2026 Sep 17 16:58
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा एक्स्पो आगामी २०८३ माघ ३, ४ र ५ गते अर्थात् जनवरी १७, १८ र १९, २०२७ मा काठमाडौंमा आयोजना हुनेछ।
‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ (Resilient Energy, Prosperous Nepal) नारासहित आयोजना गर्न लागिएको एक्स्पो यसअघिका सन् २०१७, २०१८, २०२२ र २०२४ का संस्करणको निरन्तरता हो। आयोजकका अनुसार यसलाई इप्पान डे को अवसर पारेर हरेक वर्ष माघ ३, ४ र ५ गते आयोजना हुने वार्षिक ऊर्जा इभेन्टका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
नेपालको विद्युत् उत्पादन क्षमता करिब ४३०० मेगावाट पुगेको र आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य रहेको अवस्थामा एक्स्पो आयोजना गर्न लागिएको हो। राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका आयोजनामध्ये निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको आयोजकले जनाएको छ। हाल करिब ६४०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी विद्युत् खरिद सम्झौता (पीपीए) को प्रक्रियामा रहेका छन्।
आयोजकका अनुसार ३० हजार मेगावाटको लक्ष्य हासिल गर्न उत्पादन क्षमता विस्तारसँगै प्रसारण तथा वितरण पूर्वाधार, घरेलु विद्युत् खपत, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तार आवश्यक छ। यही आवश्यकतालाई ध्यानमा राख्दै एक्स्पोलाई लगानी, प्रविधि, बजार, नीति र साझेदारी निर्माण गर्ने साझा मञ्चका रूपमा अघि बढाउन लागिएको हो।
जलवायु उत्थानशील पूर्वाधारमा जोड
ऊर्जा उत्पादनको विस्तारसँगै जलवायु परिवर्तनजन्य जोखिमसमेत बढिरहेको अवस्थामा सुरक्षित, दिगो र उत्थानशील ऊर्जा पूर्वाधार निर्माणलाई एक्स्पोले प्राथमिकतामा राख्ने भएको छ। इलाम, संखुवासभा र लमजुङमा भएका बाढी तथा पहिरोका घटनादेखि पछिल्लो समय भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएको बाढीबाट ऊर्जा पूर्वाधारमा परेको असरलाई समेत बहसको विषय बनाइने आयोजकले जनाएको छ।
एक्स्पोमा जलवायु–उत्थानशील पूर्वाधार, जोखिम न्यूनीकरण, नयाँ प्रविधि, लगानी र नवप्रवर्तनबारे छलफल तथा अनुभव आदानप्रदान गरिनेछ।
ऊर्जा क्षेत्रलाई जलविद्युत्मा मात्र सीमित नराखी सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिसम्म विस्तार गर्ने उद्देश्य ए क्स्पोको रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)






.jpeg)




प्रतिक्रिया