कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित
- BFIS News
- 2026 Sep 16 12:11
काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गर्नुका साथै प्रस्तावित नगद लाभांशलगायतका प्रस्तावहरु पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरणमाथि छलफल गरी पारित गरेको हो।
बैंकले कायम चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसामध्ये अग्राधिकार सेयर पुँजी ३५ करोड रुपैयाँमा ९ प्रतिशतका दरले हुने १ करोड ४० लाख ६७ हजार १२३ रुपैयाँ २९ पैसा तथा साधारण सेयर पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसामा १५ प्रतिशतका दरले हुने ५७ करोड ९२ लाख ८९ हजार ६२२ रुपैयाँ २४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
यसअनुसार बैंकले अग्राधिकार र साधारण सेयरतर्फ गरी कुल ५९ करोड ३३ लाख ५६ हजार ७४५ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो।
सभाले आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत छलफल गरेको थियो। साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट संशोधनसम्बन्धी निर्देशन आएमा आवश्यक थपघट तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत राखिएको थियो।
बैंकको २०औँ वार्षिक साधारणसभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंङक्वेटमा बिहान ११ बजे आयोजना गरिएको थियो।सभामा भदौ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले भाग लिएका थिए। साधारणसभा प्रयोजनका लागि बैंकको सेयरधनी दर्ता पुस्तिका २०८३ भदौ १८ गते एक दिन बन्द गरिएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया