NIMB Header 2
Nepal Life

सडकमै सुत्केरी प्रकरणपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट हटाइए

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 11 20:32
सडकमै सुत्केरी प्रकरणपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट हटाइए
United Ajod

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले सडकमै सुत्केरी भएको घटनापछि चिकित्सकसहित ६ कर्मचारीलाई कामकाजबाट हटाएको छ।

Nepal Life
NIMB

घटनाबारे गठित विभिन्न समितिको अन्तिम प्रतिवेदन नआएसम्म उनीहरूलाई जिम्मेवारीबाट अलग गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार डा. उषा देव, स्टाफ नर्स अनिता कुमारी साह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर केष्णा मेहतर तथा सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाइएको हो।

डा. झाका अनुसार समितिहरूबाट अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई कामकाजमा नलगाउने निर्णय गरिएको हो।

मंगलबार राति प्रसूति गराउन श्रीमान् हरेराम पासवानसँग अस्पताल पुगेकी बबिता पासवानले अस्पताल परिसरबाहिर सडकमा बच्चा जन्माएकी थिइन्। घटनापछि अस्पतालको सेवा व्यवस्थापन र कर्मचारीको भूमिकाबारे प्रश्न उठेको थियो।

बबिताको परिवारले रगत परीक्षणका लागि आवश्यक रकम आफूसँग नभएपछि अस्पतालबाट बाहिरिनुपरेको दाबी गरेको छ। तर अस्पताल प्रशासनले भने परिवारले राखेको उक्त दाबी सही नभएको जनाएको छ।

घटनाको वास्तविक अवस्था र सम्बन्धित कर्मचारीको भूमिकाबारे विभिन्न समितिको प्रतिवेदनपछि थप स्पष्ट हुने अस्पताल प्रशासनको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया