NIMB Header 2
Prabhu Mahalaxmi

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको उपाधि हिमालयन एभरेस्टलाई

United Ajod
  • BFIS News
  • 2026 Sep 21 19:39
दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको उपाधि हिमालयन एभरेस्टलाई
IME LIFE

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ। सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगिताको उपाधि हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जितेको छ।

Nepal Life
NIMB

फाइनल खेलमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ५–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स उपविजेतामा सीमित भयो।

प्रतियोगितामा विभिन्न बीमा कम्पनीका टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेपछि प्रतियोगिताका खेलहरू रोमाञ्चक बनेका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। हिमालयन एभरेस्ट इन्स्योरेन्सका दिनेश कुमार सिंह प्लेयर अफ द टुर्नामेन्ट तथा सोही टोलीका सुनिल थापा उत्कृष्ट डिफेन्डर घोषित भए। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका रोशन बुढाथोकी सर्वाधिक गोलकर्ता तथा सुजन घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए।

समापन समारोहमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष चन्द्रसिंह साउद तथा प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विजेता र उपविजेता टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरे। विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको मोबाइल एप पार्टनर Arena Pro को सहकार्यमा खेलका लाइभ स्कोर, नतिजा तथा प्रतियोगितासम्बन्धी जानकारी मोबाइल एपमार्फत उपलब्ध गराइएको थियो। यसले खेलाडी तथा खेलप्रेमीलाई प्रतियोगिताका खेलबारे तत्काल जानकारी लिन सहज बनाएको आयोजकले जनाएको छ।

बीमा क्षेत्रका विभिन्न कम्पनीलाई एउटै खेल मैदानमा जोड्दै आपसी सम्बन्ध, सहकार्य, स्वस्थ प्रतिस्पर्धा तथा टिम स्पिरिटलाई मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताका क्रममा खेलाडीहरूको प्रदर्शन, रोमाञ्चक खेल र सहभागी टोलीको उत्साहले प्रतियोगितालाई थप आकर्षक बनाएको आयोजकको भनाइ छ।

फुटसलमार्फत बीमा क्षेत्रभित्र आपसी सद्भाव, सहकार्य र सम्बन्ध विस्तारमा योगदान पुगेको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सहभागी टोली, खेलाडी, रेफ्री, प्राविधिक टोली, स्वयंसेवक, Arena Pro लगायत सम्पूर्ण सहयोगीप्रति कम्पनीले धन्यवाद व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया