नेपाल लाइफको लुम्बिनी प्रदेशस्तरीय ‘तारा अवार्ड’ सम्पन्न, १७० अभिकर्ता सम्मानित
- BFIS News
- 2026 Sep 23 21:47
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशमा आयोजना गर्दै आएको प्रदेशस्तरीय ‘तारा अवार्ड’ कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशको कार्यक्रम बुटवलस्थित महाराजा रिसोर्टमा भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा करिब ४२५ जनाको सहभागिता रहेको थियो भने उत्कृष्ट कार्यसम्पादन गर्ने १७० जना अभिकर्तालाई सम्मान गरिएको थियो। अभिकर्ताको योगदानको कदर गर्दै उनीहरूलाई थप उत्साहित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ तथा पोलिसी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, एजेन्सी विभागका प्रतिनिधि, मोटिभेटर किसु झा, पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीलगायतको उपस्थिति थियो।
_1790179308.jpeg)
कार्यक्रममा अभिकर्ताहरूको व्यावसायिक भूमिका, बीमा क्षेत्रका समसामयिक विषय तथा अभिकर्ताले भोगिरहेका समस्याबारे छलफल गरिएको थियो। मोटिभेटर किसु झाको प्रेरणादायी प्रस्तुतीकरणले सहभागी अभिकर्तालाई थप उत्साहित बनाएको थियो।
कार्यक्रममा नेपाल लाइफ र अभिकर्ता संगठनबीचको सहकार्य तथा संस्थागत समन्वयका विषयमा समेत छलफल भएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले नेपाल लाइफले पेशागत बीमा अभिकर्ता संघसँग विगतदेखि नै समन्वय र सहकार्य गर्दै आएको बताए।
उनले कम्पनीले एउटै संस्थासँग सहकार्य गर्दै आएको उल्लेख गर्दै संस्थाको विधान र स्थापित प्रक्रियालाई आधार बनाएर अघि बढ्नुपर्ने धारणा राखे। “यो संस्थासँग हामीले पहिलेदेखि नै समन्वय गर्दै आएका छौँ। त्यसैले विधानलाई टेकेर त्यही बाटोबाट अघि बढ्नुपर्छ। नेतृत्वमा जो आए पनि उहाँसँग समन्वय गरेर जाने हो,” पराजुलीले भने।
उनले कम्पनीले समानान्तर रूपमा अन्य संगठनको परिकल्पना नगरेको समेत स्पष्ट पारे। “संस्थाले अरू दुईवटा संगठनको परिकल्पना पनि गरेको छैन,” उनले भने। कम्पनी र अभिकर्ताबीचको सहकार्यलाई संस्थागत प्रक्रियामार्फत निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
_1790179347.jpeg)
नेपाल लाइफका नेसनल सेल्स हेड उमापति पोखरेलले पनि पेशागत बीमा अभिकर्ता संघ नेपालसँग लामो समयदेखि सहकार्य हुँदै आएको स्मरण गरे। उनले आफू एजेन्सीको जिम्मेवारीमा रहँदा नै उक्त संगठन निर्माण भएको र २०६१ सालमा पेशागत बीमा अभिकर्ता संघको बुटवल शाखाको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेको बताए।
पोखरेलले संगठनले अभिकर्ताका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने बताए।
पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले अभिकर्ताका सरोकारका विषयमा संघले निरन्तर खबरदारी गर्दै आएको बताए। उनले हालै बीमा प्राधिकरणमा पुगेर नियमावली संशोधनलगायतका विषयमा अभिकर्ताका सरोकारबारे ध्यानाकर्षण गराइएको जानकारी दिए।
केसीले पहिलेको कमिटीमा रहेका पदाधिकारी तथा वरिष्ठ अभिकर्ताहरूले संस्थागत प्रक्रियाबाटै अघि बढ्नुपर्ने धारणा राखे। विधानअनुसार दुई–दुई वर्षमा निर्वाचन हुने भएकाले नेतृत्वमा आउन चाहनेले निर्वाचनको माध्यमबाट प्रतिस्पर्धा गर्न सक्ने उनले बताए।
त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीले पनि नेतृत्वमा आउन चाहने सबैका लागि निर्वाचनको बाटो खुला रहेको बताए। उनले पदको व्यक्तिगत आकांक्षाभन्दा संस्थागत प्रक्रियालाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
लुम्बिनी प्रदेशस्तरीय ‘तारा अवार्ड’ कार्यक्रममा ठूलो संख्यामा अभिकर्ताको सहभागिता रहेको थियो। कम्पनीले प्रदेशस्तरीय कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मान गर्दै उनीहरूको व्यावसायिक योगदानको कदर गर्दै आएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)





.jpg)

.jpeg)


प्रतिक्रिया