NIMB Header 2
Prabhu Mahalaxmi

एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

United Ajod
  • BFIS News
  • 2026 Sep 24 20:38
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
IME LIFE

काठमाडौं। एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्र बीच दिगो तथा जलवायु विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Nepal Life
NIMB

यस साझेदारीले नेपालमा Green Financing क्षेत्रलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने लक्ष्य राखेको छ ।

यस सहकार्यअन्तर्गतको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकासको अनुभवलाई एनएमबि बैंक लिमिटेडको वित्तीय क्षेत्रसम्बन्धी विशेषज्ञतासँग जोडिनेछ। यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता बढाउन सकिने दिगो परियोजना र लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एनएमबि बैंक लिमिटेडले दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासलाई निरन्तर अघि बढाउँदै आईरहेको छ । बैंक र इसिमोड बीचको यो साझेदारीले विज्ञान, वित्त र दिगो विकासबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपालमा दीर्घकालीन र वातावरणमैत्री आर्थिक विकासका लागि योगदान पुर्याउने विश्वास लिइएको छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया