NIMB Header 2
Prabhu Mahalaxmi

एमडीआरटीको लोगो दुरुपयोग नगर्न १४ कम्पनीलाई चेतावनी, तीन कम्पनीले दिए जवाफ अन्यको बाँकी

United Ajod
  • BFIS News
  • 2026 Sep 25 15:38
एमडीआरटीको लोगो दुरुपयोग नगर्न १४ कम्पनीलाई चेतावनी, तीन कम्पनीले दिए जवाफ अन्यको बाँकी
IME LIFE

काठमाडौं । मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) को नाम, लोगो तथा ट्रेडमार्कको प्रयोगबारे नेपालका बीमा कम्पनीहरूलाई एमडीआरटी मुख्यालयले चेतावनी दिएको दाबी गरिएको छ। एमडीआरटीका नेपाल प्रतिनिधि धर्मराज भण्डारीका अनुसार नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीलाई दुईपटकसम्म पत्र तथा इमेलमार्फत एमडीआरटीको अनुमति र नियमविपरीत कार्यक्रम तथा लोगो प्रयोग नगर्न जानकारी गराइएको छ।

Nepal Life
NIMB

भण्डारीका अनुसार हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, मेट लाइफ र प्रभु महलक्ष्मी लाइफले एमडीआरटी मुख्यालयलाई आवश्यक जानकारी पठाइसकेका छन्। बाँकी ११ कम्पनीले भने हालसम्म जवाफ नदिएको उनको दाबी छ।

एमडीआरटीको अनुमति बिना लोगो प्रयोग गर्ने तथा एमडीआरटीसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने गतिविधि नरोकिए सम्बन्धित कम्पनी तथा व्यक्तिलाई एमडीआरटी मुख्यालयमा रिपोर्ट गरिने भण्डारीले बताए। उनका अनुसार नियम उल्लंघन जारी रहे सम्बन्धित व्यक्ति वा संस्थालाई ब्ल्याकलिस्ट गर्ने तथा एमडीआरटीसँगको सम्बन्धमा थप कारबाही हुन सक्ने चेतावनी दिइएको छ।

४५० योग्य अभिकर्तामध्ये ३६ जनाको मात्रै दर्ता

भण्डारीका अनुसार नेपालमा एमडीआरटी २०२६ का लागि योग्य भएका करिब ४५० जनामध्ये हालसम्म करिब ३६ जनाले मात्रै एमडीआरटीको दर्ता प्रक्रिया पूरा गरेका छन्। यो संख्या योग्य व्यक्तिको करिब ८ प्रतिशत मात्रै हो।

उनका अनुसार सानिमा रिलायन्सबाट सबैभन्दा धेरैले दर्ता गरेका छन्। त्यसबाहेक नेशनल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, आइएमई लाइफ लगायतका कम्पनीका केही अभिकर्ताले दर्ता गरेको जानकारी उनले दिए।

भण्डारीका अनुसार योग्य हुनु र एमडीआरटीको आधिकारिक सदस्यका रूपमा दर्ता हुनु फरक विषय हो। एमडीआरटीको लोगो, सदस्यताको पहिचान तथा आधिकारिक सामग्री प्रयोग गर्न निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने उनको भनाइ छ।

एमडीआरटीको वार्षिक सदस्यता तथा सम्मेलनमा सहभागितासम्बन्धी शुल्क फरक फरक हुने भण्डारीले बताए। उनका अनुसार वार्षिक दर्ताका एमडिआरटीका लागि ६०० डलर, सिओटीका लागि ६५० डलर र टिओटीका लागि ११५० डलर शुल्क भुक्तानी गर्नु पर्छ। उक्त शुल्क एमडीआरटीको लोगो तथा ट्रेडमार्क प्रयोगसहित सदस्यता दर्तासँग सम्बन्धित हुने उनले बताए।

त्यसैगरी सम्मेलनमा सहभागी हुन थप शुल्क लाग्ने र सम्मेलनमा सहभागिता सुनिश्चित नभए उक्त शुल्क नलाग्ने व्यवस्था रहेको उनले जानकारी दिए। उनका अनुसार एमडीआरटीको वार्षिक सम्मेलनमा सहभागी हुनका लागि छुट्टै प्रक्रिया पूरा गर्नुपर्छ।

नेपालबाट यसअघि आयोजित विश्वस्तरीय सम्मेलनमा करिब ६ जना सहभागी भएको भण्डारीले बताए। उनका अनुसार सानिमा, सिटिजन र सन नेपाललगायतका कम्पनीबाट प्रतिनिधित्व भएको थियो।

कम्पनीमार्फत कार्यक्रम सञ्चालन गर्दा नियम पालना गर्नुपर्ने

एमडीआरटी नेपाल प्रतिनिधिको भूमिकामा आफुलाई नेपालमा एमडीआरटीसँग सम्बन्धित गतिविधिको निगरानी गर्ने जिम्मेवारी रहेको भण्डारीले बताए। उनले कम्पनी तथा अभिकर्तालाई एमडीआरटीका आधिकारिक नियम, लोगो तथा ट्रेडमार्क प्रयोगसम्बन्धी प्रावधान पालना गर्नुपर्ने बताए।

उनका अनुसार कम्पनीमार्फत वा अन्य माध्यमबाट एमडीआरटीसँग सम्बन्धित कार्यक्रम आयोजना गर्दा पनि आधिकारिक अनुमति र प्रक्रिया आवश्यक हुन्छ। अनुमति नलिई एमडीआरटीको नाम वा लोगो प्रयोग गरी कार्यक्रम सञ्चालन गर्ने गतिविधिले वास्तविक रूपमा योग्य सदस्य भएका अभिकर्तासमेत अन्योलमा पर्ने उनको भनाइ छ।

भण्डारीले एमडीआरटीका आधिकारिक सदस्य नभएका व्यक्तिलाई एमडीआरटी सदस्यका रूपमा प्रस्तुत गर्ने, एमडीआरटीको लोगो प्रयोग गर्ने वा सदस्यताको भ्रम सिर्जना गर्ने गतिविधि रोक्नुपर्ने बताए।

ट्रफी र ब्लेजरमा एमडीआरटी लोगो प्रयोगबारे पनि प्रश्न

एमडीआरटीको आधिकारिक सदस्यता नलिएका व्यक्तिलाई एमडीआरटीसँग सम्बन्धित पहिचान दिने गरी ट्रफी, ब्लेजर वा अन्य सामग्री प्रयोग गर्नु उचित नभएको भण्डारीले बताए।

उनका अनुसार एमडीआरटीको आधिकारिक पहिचान र ट्रेडमार्क प्रयोगका लागि निर्धारित अधिकार तथा प्रक्रिया रहेको छ। कम्पनीका आफ्नै कार्यक्रम वा सम्मान समारोहमा एमडीआरटीको नाम र लोगो प्रयोग गर्दा त्यसले आधिकारिक एमडीआरटी कार्यक्रम वा सदस्यताको अर्थ दिने अवस्था सिर्जना हुन नहुने उनको भनाइ छ। उनले एमडीआरटीको नाममा हुने गतिविधि र वास्तविक सदस्यताको अवस्था स्पष्ट हुनुपर्नेमा जोड दिए।

एमडीआरटीका नेपाल प्रतिनिधि भण्डारी एमडीआरटीका लाइफटाइम मेम्बरसमेत हुन्। उनका अनुसार एमडीआरटीको आधिकारिक अनुमति र सदस्यता प्रक्रिया पालना नगरी लोगो तथा नाम प्रयोग गर्ने कम्पनी र व्यक्तिमाथि मुख्यालयको नियमअनुसार कारबाही हुन सक्छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया