राप्ती हाइड्रोलाई ३० करोड रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगको अनुमति
- BFIS News
- 2026 Sep 28 10:42
काठमाडौं । विद्युत नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। आयोगले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १ बराबर ०.२५१४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको हो।
आयोगको स्वीकृतिअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। यसबाट कम्पनीले ३० करोड ८१ लाख २६ हजार २०० रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ।
कम्पनीले यसअघि गत पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट १ बराबर ०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कम्पनीले हकप्रद निष्काशनका लागि विद्युत नियमन आयोगसँग अनुमति मागेको थियो।
तर, आयोगले कम्पनीले माग गरेको अनुपातभन्दा कम अर्थात् १ बराबर ०.२५१४ अनुपातमा मात्रै हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको हो। आयोगले असोज ८ गते कम्पनीलाई उक्त अनुपातमा हकप्रद निष्काशनको अनुमति दिएको हो।
यससँगै कम्पनीले आयोगबाट स्वीकृत अनुपातअनुसार हकप्रद निष्काशन तथा त्यससम्बन्धी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)







.jpg)


प्रतिक्रिया