NIMB Header 2
Prabhu Mahalaxmi

नेपाल लाइफको बागमती प्रदेशका 'ए' र 'बि' मा तारा अवार्ड सम्पन्न, ३३२ भन्दा धेरै अभिकर्ता सम्मानित

United Ajod
  • BFIS News
  • 2026 Sep 28 17:08
नेपाल लाइफको बागमती प्रदेशका 'ए' र 'बि' मा तारा अवार्ड सम्पन्न, ३३२ भन्दा धेरै अभिकर्ता सम्मानित
IME LIFE

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशमा आयोजना गरिरहेको प्रदेशस्तरीय ‘तारा अवार्ड’ कार्यक्रमअन्तर्गत बागमती प्रदेशका ए र बी दुवै कार्यक्रम सम्पन्न गरेको छ। बागमती बी अन्तर्गत असोज ८ गते चितवनको नारायणगढस्थित लोर्ड्स सीबीसी प्लाजामा आयोजित कार्यक्रममा २२४ जनाको सहभागितामा ६२ जना अभिकर्ता सम्मानित भएका छन्। त्यस्तै, बागमती ए अन्तर्गत असोज ११ गते सम्पन्न कार्यक्रममा ८५० जनाको सहभागिता रहेको थियो भने २७० जना अभिकर्तालाई तारा अवार्डबाट सम्मान गरिएको कम्पनीले जनाएको छ।

Nepal Life
NIMB

यससँगै बागमती प्रदेशमा मात्रै दुई चरणमा गरी ३३२ जना अभिकर्ता सम्मानित भएका छन्। कम्पनीले कोशी प्रदेशबाट सुरु गरेको तारा अवार्ड कार्यक्रम यसअघि मधेस र लुम्बिनी प्रदेशमा समेत सम्पन्न गरिसकेको छ। नेपाल लाइफको कुल व्यवसायको ४० प्रतिशत हिस्सा बागमती प्रदेशको रहेको हुँदा यस क्षेत्रका अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले कृतज्ञता व्यक्त गरेका छन्।  

बागमती प्रदेशका कार्यक्रमहरूमा अभिकर्ताको व्यावसायिक भूमिका, बीमा क्षेत्रका समसामयिक विषय तथा अभिकर्ताले सामना गरिरहेका समस्याबारे छलफल गरिएको थियो। कार्यक्रममा कम्पनीको शाखा तथा उपशाखा संरचनालाई थप व्यवस्थित गर्ने, अभिकर्तामैत्री वातावरण बनाउने तथा समयअनुकूल बीमा योजना ल्याउने विषयमा समेत चर्चा भएको थियो।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले कम्पनीका शाखा तथा उपशाखालाई थप व्यवस्थित गर्दै ग्राहक तथा अभिकर्ताको आवश्यकता र बजारको परिवर्तित अवस्थाअनुसार बीमा योजना ल्याउने बताए। उनले अभिकर्ताहरूलाई अनुशासन कायम गर्दै व्यावसायिक रूपमा अघि बढ्न आग्रह गरे।

यसअघि कोशी प्रदेशमा आयोजित कार्यक्रममा पराजुलीले कम्पनीले अभिकर्तालाई विभेद गर्ने उद्देश्य नराखेको स्पष्ट गर्दै अराजक गतिविधिप्रति कम्पनीले आवश्यक कदम चाल्ने बताएका थिए। “हाम्रो अभिकर्तालाई कसैलाई तलमाथि गर्ने उद्देश्य छैन। तर अराजक गतिविधि गर्नेलाई कम्पनी चुप लागेर बस्ने छैन,” उनले भनेका थिए।

पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले बीमा ऐन तथा नियमावलीमा अभिकर्ताको हितसँग सम्बन्धित विषयमा संशोधन तथा सुधारका लागि पहल भइरहेको बताए। उनका अनुसार सम्बन्धित विषयमा बीमा प्राधिकरणसँग समेत छलफल र समन्वय भइरहेको छ।

यस्तै, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले अभिकर्तासँग सम्बन्धित विभिन्न विषयमा कम्पनी तथा सम्बन्धित निकायसँग छलफल भइरहेको बताए। उनले शाखा तथा उपशाखालाई व्यवस्थित बनाउने र अभिकर्तासँग सम्बन्धित विषयमा थप सुधार आवश्यक रहेको धारणा राखे।

नेपाल लाइफले तारा अवार्ड कार्यक्रममार्फत प्रदेशगत रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मान गर्दै आएको छ। कोशी प्रदेशबाट सुरु भएको कार्यक्रम मधेस, लुम्बिनी र बागमती प्रदेशसम्म आइपुगेको हो।

कोशी प्रदेशको इटहरीस्थित होटल सोल्टीमा आयोजित कार्यक्रममा ४०४ जना अभिकर्ता सम्मानित भएका थिए। कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा अन्य गरी करिब ५०० जनाको सहभागिता रहेको थियो।

मधेस प्रदेशको कार्यक्रममा ३६७ अभिकर्तासहित ४०० भन्दा बढीको सहभागिता रहेको थियो। त्यस्तै, लुम्बिनी प्रदेशको कार्यक्रममा करिब ४२५ जनाको सहभागिता हुँदा १७० जना अभिकर्तालाई सम्मान गरिएको थियो।

सातै प्रदेशमा आयोजना हुने तारा अवार्ड कार्यक्रममार्फत कम्पनीले प्रदेशगत रूपमा उत्कृष्ट कार्यसम्पादन तथा योगदान गर्ने अभिकर्तालाई सम्मान गर्ने जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया