सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ
- BFIS News
- 2026 Oct 01 11:27
काठमाडौं। असोज १५ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार कायम गरेको मूल्यअनुसार नै आज कारोबार भइरहेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुनको मूल्य यही दरमा कायम थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)










प्रतिक्रिया