NIMB Header 2
Prabhu Mahalaxmi

ज्येष्ठ नागरिकको ज्ञान र अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैंक’ स्थापना गरिने

United Ajod
  • BFIS News
  • 2026 Oct 01 13:01
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैंक’ स्थापना गरिने
IME LIFE

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म पुर्‍याउन ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गर्ने प्रक्रिया अघि बढाइएको बताएकी छन्।

Nepal Life
NIMB

३४औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले ज्येष्ठ नागरिकलाई सामाजिक जीवनमा सक्रिय रूपमा सहभागी गराउन डिजिटल प्रविधिको प्रयोगमा जोड दिइने बताइन्। यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार’ भन्ने नाराका साथ मनाइँदैछ।

मन्त्री वादीका अनुसार बदलिँदो पारिवारिक संरचना र तीव्र शहरीकरणका कारण ज्येष्ठ नागरिकमा बढ्दै गएको एक्लोपन तथा स्वास्थ्यसम्बन्धी समस्यालाई राज्यले प्राथमिकतामा राखेको छ। उनले ज्येष्ठ नागरिकलाई सामाजिक हेरचाहका लाभग्राहीका रूपमा मात्र नभई अनुभव र ज्ञानको स्रोतका रूपमा समेत हेर्नुपर्ने बताइन्।

उनले ज्येष्ठ नागरिकको ज्ञान तथा अनुभव संरक्षण गरी पुस्तान्तरण गर्ने उद्देश्यले ‘अनुभव बैंक’को अवधारणामा काम भइरहेको जानकारी दिइन्। उनका अनुसार यस्तो संरचनाले अन्तरपुस्ता ज्ञान हस्तान्तरणलाई संस्थागत गर्न आधार तयार गर्नेछ।

यसैबीच, मन्त्री वादीले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट भएको विपद्मा परी ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्। उनले बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताइन्।

मन्त्री वादीले ज्येष्ठ नागरिकप्रतिको सम्मानलाई दिवसमा मात्र सीमित नराखी सरकारी नीति, सामाजिक व्यवहार र संस्कारको हिस्सा बनाउनुपर्नेमा जोड दिएकी छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया