NIMB Header 2
Prabhu Mahalaxmi

गलौँदीमा सडक मर्मत गर्न आज राति ६ घण्टा पृथ्वी राजमार्ग बन्द हुने

United Ajod
  • BFIS News
  • 2026 Oct 12 16:08
गलौँदीमा सडक मर्मत गर्न आज राति ६ घण्टा पृथ्वी राजमार्ग बन्द हुने
IME LIFE

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्न आज राति ६ घण्टा राजमार्ग बन्द गरिने भएको छ।

Nepal Life
NIMB

सडक मर्मतका लागि आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म यातायात आवागमन रोकिने भएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सूचना जारी गर्दै त्रिशूली नदीको कटानका कारण गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा सडक भासिएकाले मर्मतसम्भार गर्न राजमार्ग बन्द गर्न लागिएको जानकारी दिएकी छन्।

गत असोज २३ गते सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग असोज २४ गते दिनभरको प्रयासपछि सञ्चालनमा ल्याइएको थियो। तर, सडकको थप मर्मतसम्भार गर्नुपर्ने भएकाले पुनः यातायात बन्द गर्न लागिएको हो।

दसैँको मुखमा राजमार्ग बन्द हुँदा यात्रु तथा यातायात व्यवसायीलाई समस्या हुने देखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोजण) सिटौलाले चाडपर्वका बेला राजमार्ग बन्द हुँदा यात्रुहरू प्रभावित हुने बताएका छन्।

असोज १७ देखि २५ गतेसम्म नयाँ बसपार्कबाट मात्रै २ लाख ७ हजार २५१ जना यात्रु दसैँ मनाउन काठमाडौं बाहिरिएका छन्। चाडपर्वका बेला यात्रुको चाप बढिरहेका समयमा राजमार्ग बन्द हुँदा यात्रुहरूको आवागमन थप प्रभावित हुन सक्ने देखिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया