NIMB Header 2
Prabhu Mahalaxmi

इम्पेरियल इनोभेशन फण्डको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

United Ajod
  • BFIS News
  • 2026 Oct 12 22:08
इम्पेरियल इनोभेशन फण्डको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
IME LIFE

काठमाडौं। इम्पेरियल इनोभेशन फण्ड लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलका क्षेत्रमा काम गर्ने उद्देश्यसहित स्थापना भएको कम्पनीले सम्भावना बोकेका व्यवसायमा वित्तीय लगानी, रणनीतिक मार्गदर्शन र व्यावसायिक अनुभव उपलब्ध गराउने लक्ष्य राखेको छ।

Nepal Life
NIMB

वि.सं. २०८१ वैशाख १२ गते दर्ता भएको कम्पनीले व्यावसायिक वृद्धि प्रवर्द्धन, अनुसन्धानमा आधारित लगानी तथा उद्यम विकासलाई आफ्नो कार्यक्षेत्रमा समेटेको छ। कम्पनीले विशेषगरी उच्च वृद्धिको सम्भावना भएका नेपाली व्यवसायलाई पुँजी र व्यावसायिक सहयोग उपलब्ध गराउने उद्देश्य राखेको छ।

कम्पनीले नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा नवप्रवर्तन, पर्यटन तथा आतिथ्य, कृषि, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ। यी क्षेत्रमा लगानीमार्फत उद्यमशीलताको विकास, व्यवसाय विस्तार र नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य कम्पनीको छ।

यसैबीच, कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को विशिष्टीकृत लगानी कोषसम्बन्धी नियमावलीअन्तर्गत कोष व्यवस्थापकका रूपमा काम गर्न आवश्यक अनुमति प्राप्त गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अम्बिका प्रसाद पौडेल रहेका छन् भने प्रबन्ध निर्देशकमा बोधराज देवकोटा छन्। त्यस्तै, सञ्चालकमा नारायण प्रसाद पौडेल, भगीरथ सापकोटा र शिव सिंह कार्की तथा स्वतन्त्र सञ्चालकमा सबिना राना रहेकी छन्। कम्पनीको मुख्य लगानी अधिकृतका रूपमा बिपिन तिमिल्सिना कार्यरत छन्।

बैंकिङ, बीमा, पुँजी बजार तथा जलविद्युत् क्षेत्रको अनुभव समेटिएको नेतृत्व र व्यवस्थापन टोलीमार्फत कम्पनीले लगानीका अवसर पहिचान, व्यवसायको विकास तथा दीर्घकालीन लगानी रणनीतिमा काम गर्ने लक्ष्य लिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया