NIMB Header 2
Prabhu Mahalaxmi

फर्स्ट माइक्रोफाइनान्सले १४ करोड ८६ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव

United Ajod
  • BFIS News
  • 2026 Oct 14 10:41
फर्स्ट माइक्रोफाइनान्सले १४ करोड ८६ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव
IME LIFE

काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको असोज २७ गते बसेको सञ्चालक समितिको २५९औँ बैठकले चुक्ता पुँजीको आधारमा १४ करोड ८६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Nepal Life
NIMB

संस्थाको हालको चुक्ता पुँजी १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कर प्रयोजनसहित ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको संस्थाले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन्।

लाभांश प्रस्ताव सार्वजनिक हुँदासम्म फर्स्ट माइक्रोफाइनान्सको सेयर अन्तिम कारोबार मूल्य (एलटीपी) प्रतिकित्ता ७२७ रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया