मुक्तिनाथ विकास बैंकलाई फोनपेद्धारा तीन विधामा अवार्ड
- BFIS News
- 2026 Oct 14 13:25
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले Fonepay द्वारा आयोजित ‘Fonepay Honors’ कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीन विधामा अवार्ड प्राप्त गरेको छ। बैंकले डिजिटल भुक्तानी तथा कारोबारमा हासिल गरेको उपलब्धिको कदरस्वरूप विभिन्न विधामा सम्मान प्राप्त गरेको हो।
बैंकले Highest Fonepay Direct Volume (Issuer), Highest Fonepay QR Volume (Issuer) र Highest Fonepay QR Volume (Acquirer) विधामा अवार्ड प्राप्त गरेको छ।
यीमध्ये Highest Fonepay Direct Volume (Issuer) अवार्ड बैंकको मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकम स्थानान्तरण गरेको आधारमा प्रदान गरिएको हो। त्यसैगरी, Highest Fonepay QR Volume (Issuer) अवार्ड मोबाइल एपमार्फत सबैभन्दा धेरै क्यूआर भुक्तानी गरेको आधारमा बैंकले प्राप्त गरेको हो।
त्यस्तै, Highest Fonepay QR Volume (Acquirer) अवार्ड क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गरेको आधारमा प्रदान गरिएको हो।
डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन तथा विस्तारमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले डिजिटल बैंकिङ सेवाप्रति बैंकको प्रतिबद्धता प्रतिबिम्बित गरेको छ। यस उपलब्धिले आगामी दिनमा थप सहज, सुरक्षित तथा प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न प्रोत्साहन मिल्ने विश्वास बैंकले लिएको छ। यस उपलब्धिका लागि बैंकले सम्पूर्ण ग्राहक, साझेदार संस्था तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया