NIMB Header 2
Prabhu Mahalaxmi

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्दै मुक्तिनाथ विकास बैंक

United Ajod
  • BFIS News
  • 2026 Oct 25 18:53
जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्दै मुक्तिनाथ विकास बैंक
Sanima Reliance Life Insurance Company

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले मिति २०८३ कार्तिक ०९ देखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

Nepal Life
NIMB

नेपाल प्रिमियर लिग (NPL) नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ। यसैबीच, एनपीएलको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले आधिकारिक List A T-२० मान्यता प्रदान गरेको छ। यस मान्यतासँगै प्रतियोगितामा खेलाडीहरूले बनाउने रन, लिने विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी-२० तथ्याङ्कमा समावेश हुनेछन्। यसले नेपाली खेलाडीहरूलाई अन्तराष्ट्रिय रुपमा आफ्नो क्षमता प्रदर्शन गर्न र आधिकारिक तथ्याङ्कमा आधारित खेल जीवनको अभिलेख निर्माण गर्न थप अवसर प्रदान गर्नेछ ।

साथै, एनपीएलको पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्स नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्ने सफल टोली हो। पहिलो संस्करणको च्याम्पियनका रूपमा प्राप्त सफलताले टोलीलाई नेपाली क्रिकेटप्रेमीहरूमाझ लोकप्रिय बनाउनुका साथै मधेश प्रदेशको खेलकुद पहिचानलाई समेत थप उजागर गरेको छ।

बैंकका प्रमूख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार, यस सहकार्यमार्फत मुक्तिनाथ विकास बैंकले जर्सीमा आफ्‌नो लोगो मात्र राखेको छैन, नेपालमा किकेट मार्फत समुदाय सँग जोडिने, स्थानीय प्रतिभा लाई प्रोत्साहान गर्ने तथा युवा सशक्तिकरणका लागि बैंकको पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा जनकपुर बोल्ट्सले उत्कृष्टता हासिल गर्ने लक्ष्य राख्दैगर्दा, उहाँहरुसँग सहकार्य गर्न पाउँदा गर्व महसुस गरेको बैंकले जनकारी गराएको छ ।

त्यसैगरी, जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले यस साझेदारीलाई स्वागत गर्दै भने, “मुक्तिनाथ विकास बैंकजस्तो समुदायसँग गहिरो सम्बन्ध भएको संस्थालाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउँदा हामी अत्यन्त खुसी छौं। 'जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ' भन्ने बैंकको सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको यात्रा एउटै दिशामा अघि बढेका छन्। “उनले थपे, “एनपीएलको पहिलो संस्करणको विजेता टोलीका रूपमा यस सिजन फेरि उपाधि जनकपुर फर्काउने हाम्रो लक्ष्य छ। आईसीसीको आधिकारिक मान्यतासँगै हाम्रा खेलाडीहरूका लागि यो सिजन झनै महत्त्वपूर्ण बनेको छ, र मुक्तिनाथ विकास बैंकको साथले मैदानभित्र र बाहिर दुवैतर्फ हामीलाई थप ऊर्जा दिनेछ। मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने हाम्रो साझा प्रतिबद्धतालाई यो सहकार्यले अझ मजबुत बनाउनेछ।"

नेपाली बैंकिङ क्षेत्रमा ग्राहककेन्द्रित सेवा, नवीनता तथा वित्तीय समावेशीकरणलाई प्राथमिकता दिंदै आएको मुक्तिनाथ विकास बैंकले यस साझेदारीलाई खेलकुदमार्फत समुदायसँग जोडिने र नेपाली क्रिकेटको विकासमा सहयोग पुऱ्याउने अवसरका रूपमा लिएको छ। मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालाहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुऱ्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया