Siddartha Bank
Prabhu Mahalaxmi

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 04 21:36
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
United Ajod

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

Siddartha Bank
EBL
Nepal Life

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सुवेदी नेप्सेको सीईओमा नियुक्त भएको पुष्टि गरेका छन् । सीईओ पदका लागि चार जना प्रतिस्पर्धामा थिए । सुवेदीसँगै अनिलराज पौडेल, नवराज सापकोटा र नारायणप्रसाद सापकोटा प्रतिस्पर्धामा रहेका थिए । छनोट समितिको सिफारिसपछि मन्त्रिपरिषद्ले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सुवेदीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । नियुक्तिपत्र हस्तान्तरण गर्दै अर्थमन्त्री वाग्लेले इमानदारी र निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।

सुवेदीको नियुक्ति नेपालको पुँजी बजारका लागि महत्वपूर्ण समयमा भएको छ । पछिल्लो समय नेप्सेको संस्थागत सुदृढीकरण, प्रविधिको स्तरोन्नति, बजार पूर्वाधारको विकास तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नुपर्ने माग उठ्दै आएको छ ।

विशेषगरी कारोबार प्रणालीको आधुनिकीकरण, बजार सञ्चालनलाई थप प्रभावकारी बनाउने र पुँजी बजारको संस्थागत क्षमता अभिवृद्धि गर्ने विषय नेप्सेका प्रमुख चुनौतीका रूपमा रहेका छन् । यस्तो अवस्थामा नयाँ नेतृत्वले यी क्षेत्रमा कस्तो रणनीति अपनाउँछ भन्ने विषयलाई पुँजी बजारका सरोकारवालाले चासोका साथ हेरेका छन् ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया