टेनएक्स हाइड्रोले ८ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
- BFIS News
- 2026 Nov 04 21:54
काठमाडौं । टेनएक्स हाइड्रो होल्डिङ लिमिटेडले ८ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित आईपीओबाट कम्पनीले ८ करोड रुपैयाँ पूँजी संकलन गर्नेछ।
उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ। सेबोनबाट निष्काशन अनुमति प्राप्त भएपछि मात्रै कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि शेयर जारी गर्न सक्नेछ।
केयर रेटिङ नेपालको ‘डबल बी माइनस’ रेटिङ
केयर रेटिङ नेपाल लिमिटेड (CRNL) ले टेन्क्स हाइड्रो होल्डिङ लिमिटेडलाई ‘CARE-NP BB- (Is)’ इस्युयर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। यस श्रेणीका कम्पनीमा वित्तीय दायित्व भुक्तानीमा चुक्ने जोखिम मध्यम रहने रेटिङ एजेन्सीको मूल्यांकन छ।
०.९९ मेगावाटको जलविद्युत् आयोजना सञ्चालनमा
टेन्क्स हाइड्रो होल्डिङ लिमिटेड सन् २००६ मार्च ५ मा प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापना भएको हो। कम्पनी सन् २०२५ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ०.९९ मेगावाट क्षमताको सेलाङ खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको उक्त आयोजना सन् २०२४ अगस्ट १७ देखि सञ्चालनमा आएको हो।
कम्पनीले आयोजना सञ्चालनबाट विद्युत् उत्पादन गरिरहेको अवस्थामा थप पूँजी परिचालनका लागि आईपीओ निष्काशन प्रक्रिया अघि बढाएको हो। यद्यपि, प्रस्तावित शेयर निष्काशनका लागि सेबोनको अन्तिम स्वीकृति प्राप्त हुन बाँकी छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया