Siddartha Bank
Prabhu Mahalaxmi

महालक्ष्मी विकास बैंकले सेयरधनीलाई ७.१८ प्रतिशत लाभांश दिने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 06 21:10
महालक्ष्मी विकास बैंकले सेयरधनीलाई ७.१८ प्रतिशत लाभांश दिने
United Ajod

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ७.१८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Siddartha Bank
EBL
Nepal Life

बैंक सञ्चालक समितिको ६५७औँ बैठकले चुक्ता पुँजीको ३.४० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

बैंकको हाल कायम चुक्ता पुँजी ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसा रहेको छ। यसअनुसार बैंकले १५ करोड ६९ लाख १७ हजार ३९९ रुपैयाँ ४४ पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ।

त्यस्तै, सेयरधनीलाई १७ करोड ५ लाख २६ हजार ४२४ रुपैयाँ २९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। बोनस र नगद गरी बैंकले कुल ३२ करोड ७४ लाख ४३ हजार ८२३ रुपैयाँ ७३ पैसा लाभांश वितरण गर्नेछ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी २५औँ वार्षिक साधारण सभामा पेस हुनेछ। साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

अघिल्लो वर्षभन्दा लाभांश घट्यो

महालक्ष्मी विकास बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सेयरधनीलाई १०.३७ प्रतिशत लाभांश वितरण गरेको थियो। उक्त वर्ष बैंकले ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश दिएको थियो।

त्यसको तुलनामा चालु आर्थिक वर्षका लागि प्रस्तावित लाभांश ३.१९ प्रतिशत विन्दुले कम हो। आर्थिक वर्ष २०८०/८१ मा बैंकले ७ प्रतिशत, २०७९/८० मा ६.४० प्रतिशत र २०७८/७९ मा १०.४७ प्रतिशत लाभांश वितरण गरेको थियो।

बैंकको पछिल्लो १० आर्थिक वर्षको लाभांश इतिहास हेर्दा आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी २१.०५२६ प्रतिशत लाभांश वितरण भएको देखिन्छ। उक्त वर्ष बैंकले २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश दिएको थियो। पछिल्ला वर्षहरूमा भने बैंकको लाभांश दरमा उतारचढाव देखिएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया