माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सेवाका लागि साझेदारी
- BFIS News
- 2026 Nov 18 18:32
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स सेवा प्रदायक ट्यापट्याप सेन्ड (TapTap Send) सँग साझेदारी गरेको छ । यस साझेदारीसँगै विदेशबाट नेपालमा रेमिट्यान्स पठाउन बैंकको एमबीएल रेमिट (MBL Remit) प्लेटफर्म प्रयोग गर्न सकिने भएको छ ।
साझेदारीअन्तर्गत विदेशमा रहेका सेवाग्राहीले ट्यापट्याप सेन्डमार्फत नेपालमा सहज रूपमा रकम पठाउन सक्नेछन् । यसरी पठाइएको रकम प्राप्तकर्ताले आफ्नो बैंक खातामा सिधै जम्मा गर्न वा देशभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रबाट नगदका रूपमा प्राप्त गर्न सक्नेछन् ।
यस सहकार्यले अन्तरदेशीय रेमिट्यान्स कारोबारलाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने बैंकको अपेक्षा छ । साथै, डिजिटल वित्तीय सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न पनि साझेदारीले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै रेमिट्यान्स सेवालाई निरन्तर विस्तार गर्ने जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया