Siddartha Bank
Prabhu Mahalaxmi

आरएसडीसी लघुवित्तको साधारणसभा पुस ३ गते, ९.४ प्रतिशत नगद लाभांश पारित गर्ने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 24 11:07
आरएसडीसी लघुवित्तको साधारणसभा पुस ३ गते, ९.४ प्रतिशत नगद लाभांश पारित गर्ने
United Ajod

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औँ वार्षिक साधारणसभा आगामी पुस ३ गते बोलाएको छ। सभा रुपन्देहीको बुटवलस्थित वेस्टर्न एसियन होटल प्रालिमा बिहान ९ः३० बजे सुरु हुनेछ।

Siddartha Bank
EBL
Nepal Life

सभामा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित ९.४ प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य प्रस्ताव रहेको छ। संस्थाको कात्तिक १५ गते बसेको सञ्चालक समितिको १९१औँ बैठकले चुक्ता पुँजी १ अर्ब ३ करोड रुपैयाँको आधारमा करसहित ९.४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। प्रस्तावित लाभांश रकम ९ करोड ७२ लाख रुपैयाँ रहेको छ।

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समावेश गरिएको छ।

यसैगरी, आरएसडीसी लघुवित्तसँग मर्जर तथा प्राप्तिका लागि उपयुक्त लघुवित्त वित्तीय संस्था पहिचान गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार मंसिर १७ गतेसम्म सेयरधनी कायम रहेका लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया