सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड बालाजु क्षेत्रको सर्वाधिक आयकर दाखिला गर्ने करदाता घोषित
- BFIS News
- 2026 Nov 24 16:08
काठमाडौं । सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालि आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहका अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुले आयोजना गरेको विशेष समारोहमा कम्पनीलाई सम्मान गरिएको हो। आर्थिक वर्ष २०८१/८२ मा आफ्नो कार्यक्षेत्रभित्र सर्वाधिक आयकर दाखिला गरी राज्यको राजस्व संकलन तथा आर्थिक विकासमा योगदान पुर्याएको भन्दै कम्पनीलाई कदरपत्र प्रदान गरिएको हो।
कम्पनीले राज्यको कर नीति तथा कानुनको पूर्ण पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन पाउनु गौरवको विषय भएको जनाएको छ।
प्राप्त सम्मानले आगामी दिनमा अझ बढी उत्तरदायी र पारदर्शी रूपमा लगानी तथा वित्तीय सेवा विस्तार गर्न प्रेरणा मिलेको कम्पनीको भनाइ छ।
सिटी एक्सप्रेस ग्रुपअन्तर्गतका अन्य भगिनी संस्थाहरूले पनि विगतमा आ–आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट करदाताका रूपमा सम्मान प्राप्त गर्दै आएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया