सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलका दुई उत्कृष्टता अवार्ड
- BFIS News
- 2026 Nov 24 21:02
काठमाडौं, मंसिर ८ । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलबाट दुई प्रतिष्ठित उत्कृष्टता अवार्ड प्राप्त गरेको छ।
भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई कार्ड व्यवसायमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा दुई अवार्ड प्रदान गरिएको हो। बैंकले ‘एक्सिलेन्स इन कन्जुमर प्रिपेड कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ विधामा अवार्ड प्राप्त गरेको छ।
ग्राहकलाई सुरक्षित, छरितो र आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यसहित सिद्धार्थ बैंकले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड व्यवसाय विस्तार गर्दै आएको छ। कार्ड सेवामा बैंकको बढ्दो उपस्थितिले यी अवार्ड प्राप्त गर्न योगदान पुर्याएको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ३ लाख ३० हजार क्रेडिट कार्ड जारी गरेका छन्। तीमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार अर्थात् २१ प्रतिशत रहेको छ।
त्यसैगरी, सोही अवधिसम्म बजारमा कुल २ लाख ८० हजार प्रिपेड कार्ड जारी भएका छन्। यसमध्ये सिद्धार्थ बैंकले करिब ४२ हजार कार्ड जारी गरेको छ। यसले प्रिपेड कार्ड व्यवसायमा समेत बैंकको उल्लेखनीय उपस्थिति देखाउँछ।
यसैबीच, क्रेडिट कार्ड सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले बैंकले ग्राहकका लागि लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा उपलब्ध गराएको छ। उक्त सुविधाअन्तर्गत ग्राहकले २०८३ मंसिर २९ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया