दुई कम्पनीको शेयरमूल्य समायोजन, एनआईसी एशियाको २५० रुपैयाँ कायम
- BFIS News
- 2026 Nov 27 09:41
काठमाडौं, मंसिर ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यस दिन एनआईसी एशिया बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले एनआईसी एशिया बैंकको ५० प्रतिशत हकप्रद सेयर र ग्लोबल आइएमई लघुवित्तको ६ प्रतिशत बोनस सेयरका आधारमा शेयरमूल्य समायोजन गरेको हो । समायोजनपछि एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता २५० रुपैयाँ कायम भएको छ भने ग्लोबल आइएमई लघुवित्तको प्रतिकित्ता १ हजार ४८ रुपैयाँ ११ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार दोस्रो बजारमा एनआईसी एशिया बैंकको सेयर प्रतिकित्ता ३२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यस्तै, ग्लोबल आइएमई लघुवित्तको सेयर प्रतिकित्ता १ हजार १११ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
समायोजनपछि कायम भएको मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया