Siddartha Bank
Prabhu Mahalaxmi

मिडिल मोदी र सिद्धि हाइड्रोपावर मागे आईपीओ निष्कासनको अनुमति

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 25 15:55
मिडिल मोदी र सिद्धि हाइड्रोपावर मागे आईपीओ निष्कासनको अनुमति
United Ajod

काठमाडौं । दुई जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

Siddartha Bank
EBL
Nepal Life

आईपीओ निष्कासनको अनुमति माग्ने कम्पनीमा मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावर रहेका छन्। दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८० लाख ७७ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका हुन्।

मिडिल मोदी हाइड्रोपावरले ३० लाख ७७ हजार कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट क्यापिटल रहेको छ।

त्यस्तै, सिद्धि हाइड्रोपावरले ५० लाख कित्ता सेयर निष्कासनको अनुमति मागेको छ। कम्पनीको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ। सिद्धि हाइड्रोपावरले इलाममा १० मेगावाट क्षमताको सिद्धिखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको छ।

सेबोनबाट आईपीओ निष्कासनको स्वीकृति पाएपछि दुवै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्नेछन्। त्यसपछि बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछन्।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया