राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा २५ अर्ब ७ करोड लगानी गर्ने
- BFIS News
- 2026 Nov 25 16:46
काठमाडौं, मंसिर ९ गते । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा २५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको कुल २५ अर्ब ७ करोड ४७ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गर्न लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मंसिर ११ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ।
राष्ट्र बैंकका अनुसार कुल लगानीमध्ये वाणिज्य बैंकमा २० अर्ब ५ करोड ९८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३ अर्ब ७६ करोड १२ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २५ करोड ३७ लाख रुपैयाँ लगानी गरिनेछ।
उक्त रकम सन् २०२६ डिसेम्बर ७ देखि सन् २०२७ डिसेम्बर ७ सम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा राखिने केन्द्रीय बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)




.jpeg)





प्रतिक्रिया