Siddartha Bank
Prabhu Mahalaxmi

नेपाल रिले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा लैजाने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 27 11:52
नेपाल रिले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा लैजाने
United Ajod

काठमाडौं, मंसिर ११ गते । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले हकप्रद शेयर निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको छ।

 

Siddartha Bank
EBL
Nepal Life

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभाबाट स्वीकृत गराउने निर्णय गरेको हो।

हाल नेपाल रिको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउन कम्पनीले सोहीअनुसार हकप्रद शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन लागेको हो।

यसअघि गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल रिमा सरकारी लगानी थप्ने निर्णय गरेको थियो। सरकारले कम्पनीको हकप्रद शेयरमा १ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो। यसबाट सरकारको शेयर स्वामित्व हाल कायम ४३.०३९ प्रतिशतभन्दा नघट्ने गरी कायम गरिनेछ।

सरकारले पुँजी थप्ने सैद्धान्तिक सहमति दिएसँगै कम्पनीको पुँजी वृद्धि प्रक्रियालाई सहज हुने अपेक्षा गरिएको छ। यसले कम्पनीको वित्तीय आधार तथा जोखिम बहन गर्ने क्षमता विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

स्वदेशी पुनर्बीमा कम्पनीको क्षमता विस्तार हुँदा ठूला पूर्वाधार, जलविद्युत् तथा औद्योगिक परियोजनाको जोखिम स्वदेशमै पुनर्बीमा गर्न सहज हुने र पुनर्बीमाबापत विदेशिने प्रिमियम रकम घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍याउनुपर्ने दबाबमा रहेको नेपाल रिका लागि हकप्रद शेयर निष्कासनको प्रस्ताव महत्वपूर्ण कदम हो। अब साधारणसभाको स्वीकृतिपछि यसको औपचारिक प्रक्रिया र शेयर लगानीको मोडालिटी अघि बढ्नेछ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया