नेपाल पुनर्बीमाको १०औँ वार्षिक साधारणसभा पुस ६ गते
- BFIS News
- 2026 Nov 27 11:54
काठमाडौं, मंसिर ११ गते । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले पुस ६ गते १०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीको विद्यमान पुँजी संरचनामा संशोधन गरी अधिकृत पुँजी २० अर्ब रुपैयाँ तथा जारी पुँजी र चुक्ता पुँजी १५ अर्ब ६९ करोड २८ लाख ९९ हजार ४२ रुपैयाँ १७ पैसा कायम गर्ने विशेष प्रस्ताव पेस हुनेछ।
त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र त्यसमा नियमनकारी निकायबाट प्राप्त राय तथा सुझाव समावेश गर्न सञ्चालक समितिलाई विशेष अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभाले संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना र सर्वसाधारण लगानीकर्ताबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। साथै, चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन गरिनेछ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार मंसिर २२ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया