Nepal Life

प्रभु महालक्ष्मी लाइफद्धारा भुकम्प पिडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग

NMB Bank
  • BFIS News
  • 2023 Nov 10 17:18
प्रभु महालक्ष्मी लाइफद्धारा भुकम्प पिडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग
National Life

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भुकम्प पिडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा उक्त रकम राहात वितरणका लागि सहयोग प्रदान गरेको हो ।

 

Shikhar
NIMB

कम्पनीले यहि कार्तिक १७ गते राति जाजरकोट केन्द्र विन्दु भइ गएको ६.४ रेक्टर स्केलको भुकम्पमा परि ज्यान गुमाएका व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना गरेको छ । उक्त घटनामा परी घाइते हुनेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कम्पनीको संस्थागत सामाजिक उत्तदरायत्व समेत बहन गरेको हो । 

घटनाबाट ठुलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनर्स्थापना कार्यका लागि नेपाल सरकार, मन्त्रीपरिषदको कार्यालयको कार्तिक १९ गते आह्वान गरे बमोजिम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा १० लाख प्रदान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइले जानकारी दिएका छन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया