Nepal Life

काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा बुकिङका लागि केही स्टलमात्र बाँकी

NMB Bank
  • BFIS News
  • 2023 Nov 21 19:07
काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा बुकिङका लागि केही स्टलमात्र बाँकी
United Ajod

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला Nepal International Trade Fair- NITF यहि मंसिर १४ देखि १८ गतेसम्म काठमाडौमा हुने भएको छ । 

Shikhar
Nepal Life
NIMB

काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा अब केही स्टल मात्र बुकिङका लागि बाँकी रहेका छन् । यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र  सहभागिता हुने भएको छ । मेलामा नेपाली युवा उद्यमी मन्चद्धारा Made in Nepal पेभेलियन तथा बस्तुगत संघहरुको Commodity Pavilion रहने छ ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा  व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नर्वौ संस्करण हो । कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, इण्डोनेशिया, मलेशिया लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिने छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा Made in Nepal Show हस्तकला उत्पादनहरु, लघुघरेलुतथा साना उद्योग रहने छन् । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाईसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तरष्ट्रिय बजार प्रर्बद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवंं विश्वास महासंले लिएको छ । साथै मन्दिमा रहेका अर्थतन्त्रलाई चलायमान बनाउन समेत Nepal International Trade Fair- NITF सहयोगी हुने विश्वास महासंघको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया