NIMB Header 2
Nepal Life

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँट, गोलाप्रथाबाट १४ हजारले पाए १० कित्ता १७ हजारको हात खाली

National Life
  • BFIS News
  • 2023 Nov 23 13:57
मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँट, गोलाप्रथाबाट १४ हजारले पाए १० कित्ता १७ हजारको हात खाली
Sanima Reliance

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको १ लाख ४० हजार कित्ता सेयर बाँडफाँट गरेको हो ।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी ७० करोड मध्ये २० प्रतिशत अर्थात १४ करोड रकम बराबरको १४ लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टयाएको र उक्त शेयर मध्येको १० प्रतिशत अर्थात १ लाख ४० हजार कित्ता सेयर प्रति शेयर १०० अङ्कित दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो ।

जसमा ३१ हजार १९६ जना आवेदकबाट आवेदन प्राप्त भएकोमा ३० कित्ता सेयरका लागि २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई अयोग्य ठहर्याई रद्द गरीएको हो ।

कूल ३१ हजार १९४ जना आवेदकहरुबाट ७ लाख २३ हजार ४० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको धितोपत्र भन्दा अधिक धितोपत्रको लागि माग भएको र प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथाको माध्यमबाट १४ हजार सफल आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

लगानीकर्ताले आइपिओ परे नपरेको हेर्नका लागि मेरो शेयरको रिजल्ट हेर्ने वेवसाइटबाट हर्न सकिनेछ । 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया