NIMB Header 2
Nepal Life

उन्नति सहकार्यको एफपीओ बाँडफाँट, १७ हजार ८४५ भाग्यमानी लगानीकर्ताले पाए १० कित्ता

National Life
  • BFIS News
  • 2023 Nov 24 10:44
उन्नति सहकार्यको एफपीओ बाँडफाँट, १७ हजार ८४५  भाग्यमानी लगानीकर्ताले पाए १० कित्ता
Sanima Reliance

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँट सम्पन्न भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

Shikhar
NIMB

लघुवित्तले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १० लाख ७२ हजार ७६८ आवेदन परेको थियो। जसमध्ये १० लाख ७२ हजार ४४३ आवेदन स्वीकृत भएको थियो भने ३२५ आवेदन रद्द भएको थियो।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जसअनुसार कुल १७ हजार ८४५ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी १ जनाले थप एक कित्ता र अर्को १ जनाले थप ०.१८ कित्ता शेयर प्राप्त गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया