पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बागमती प्रदेशको अध्यक्षमा आचार्य, २१ सदश्य कार्यसमिति निर्वाचित
- BFIS News
- 2023 Nov 25 21:15
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेपाल लाइफको बागमती प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट कपिल आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा २१ सदस्य कार्यसमिति गठन भएको छ ।
काठमाडौंको ग्रिन ल्याण्ड फुड एओसी कलेज भित्र आयोजना भएको अधिवेशनको उद्घाटन शत्रको सभापतित्व रामशरण ढुङ्गानाले गरेका थिए भने निर्वाचनको संयोजन नारायण दाहाल गरेका हुन् ।
कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघका महासचिव तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ अभिकर्ता ओम केसी, पेशागत अभिकर्ता संघ नेपाल बिमक केन्दिय समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी, त्यस्तै अन्य अतिथिहरु चन्द्र बहादुर खड्का, सीता दाहाल, तेजमणी शर्मा, विन्दा विष्ट थापा, बद्रिनाथ ढकाल, योगन बहादुर पराजुली क्षेत्री लगायतको उपस्थिति थियो ।

आचार्यको अध्यक्षतमा गठित कार्यसमितिको उपाध्यक्षमा कृष्ण थापा, लिला अधिकारी र शुसिला अधिकारी, सचिवमा विक्रम भेल, सह सचिवमा अनन्त न्यौपाने, राम कृष्ण कार्की, पद्मा खड्का सिटौला र कोषाध्यक्षमा शान्ता पाण्डे निर्वाचित भएका छन् ।

सदश्यहरुमा क्रमश टोपेन्द्र बुढाथोकी, दिपक आचार्य, माधव धमला, शान्दा देवी राइ, विनोद कार्की, सावित्री लुइटेल, उद्धव अधिकारी, देवकी श्रेष्ठ, बिमला सापकोटा, उषा तामाङ, राधिका भट्टराई र द्रौपदा राइ निर्वाचित भएका छन् ।


![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया