NIMB Header 2
Nepal Life

सर्वोत्तम सिमेन्टआइपिओमा बुक विल्डिङ विधिबाट आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2023 Nov 26 11:03
सर्वोत्तम सिमेन्टआइपिओमा बुक विल्डिङ विधिबाट आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट निष्काशन गरेको आइपिओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । योग्य संस्थागत लगानीकर्ताले आजसम्म मात्रै आवेदन दिन सक्ने छन् । कम्पनीले नेपालमै पहिलो पटक बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गरेको हो ।

Shikhar
NIMB

कम्पनीले यस विधिअनुसार संस्थागत लगानीकर्ताहरुलाई आजसम्म बोलकबोलका लागि आह्वान गरेको छ । नेपाल धितोपत्र बोर्डमा सूचिकृत कम्पनीहरुले मंसिर १० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । इच्छुक संस्थागत लगानीकर्ताले न्युनतम ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँको विचमा बोलकबोल गर्नु पर्नेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयरका लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेको रहेकोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१.५० रुपैयाँ कायम गरिएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह-निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ। योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउन सक्ने छन् ।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ।

कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र नगरिने कम्पनी जनाएको छ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

कम्पनीको उद्योग नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा रहेको छ। कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ। उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया