NIMB Header 2
Nepal Life

सांग्रिला र साइन रेसुङ्गाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2023 Nov 26 11:17
सांग्रिला र साइन रेसुङ्गाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले घोषणा गरेको लाभांश आजसम्म शेयर खरिद गर्ने पाउने छन् । दुबै बैंकले साधारणसभा प्रयोजनका लागि भोलि बुक क्लोज गर्दैछन् । भोलि बुक क्लोज हुने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् । 

Shikhar
NIMB

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी बैंकहरुको लाभांश प्राप्त गर्न तथा यी बैंकहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर २४ गते, आइतबार, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा १९ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले मंसिर २३ गते, शनिबार ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा. लि., मणिग्राम, रुपन्देहीमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया