NIMB Header 2
Nepal Life

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा दाेस्राे दिनसम्ममा ७ लाख भन्दा बढी आवेदन

National Life
  • BFIS News
  • 2023 Nov 27 03:31
मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा दाेस्राे दिनसम्ममा ७ लाख भन्दा बढी आवेदन
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा दाेस्राे दिनसम्ममा ७ लाख भन्दा बढी आवेदन परेको छ। आइतबारसम्ममा कम्पनीको आईपीओमा ७.१८ गुणा बढी शेयर माग भएकाे हाे। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बेलुकीसम्ममा कम्पनीको आईपीओका लागि ७ लाख ५१  हजार ८२९  वटा आवेदन परेको छ । यसैगरी, हालसम्म मुक्तिनाथ कृषि कम्पनीको ८२ लाख ५० हजार ५८० कित्ता शेयर माग गरिएको छ ।

Shikhar
NIMB

कम्पनीले दोस्रो चरणमा ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

यसअघि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणको सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओका लागि मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया