NIMB Header 2
Nepal Life

सर्वोत्तम सिमेन्टको आइपिओ सर्वसाधारणले ३६१ रुपैयाँमा पाउने, बुक विल्डिङ विधिले गर्दा घोराही भन्दा सस्तो

National Life
  • BFIS News
  • 2023 Nov 27 15:25
सर्वोत्तम सिमेन्टको आइपिओ सर्वसाधारणले ३६१ रुपैयाँमा पाउने, बुक विल्डिङ विधिले गर्दा घोराही भन्दा सस्तो
Sanima Reliance

काठमाडौं । बुक विल्डिङ विधिले गर्दा सर्वोत्तम सिमेन्टले घोराही सिमेन्टको भन्दा कम मूल्यमा आइपिओ बिक्री गर्नु पर्ने भएको छ । कम्पनीले नेपालमै पहिलो पटक बुक विल्डिङ विधिबाट निष्काशन गरेको प्राथमिक शेयरमा योग्य संस्थागत लगानीकर्ताहरुले पेश गरेको बोलकबोलका आधारमा कट अफ मूल्य ४०१ रुपैयाँ निर्धारण भएको छ । 

Shikhar
NIMB

यसमा ४१ वटा योग्य संस्थापक लगानीकर्ताले ३६ लाख कित्ताका लागि बोलपत्र पेश गरेको नेप्सेले जनाएको छ । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १०% घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था रहेको छ । यसआधारमा, अब सर्वोत्तम सिमेन्टको आइपीओ सर्वसाधारणलाई प्रतिकित्ता करिब ३६१ रुपैयाँ (३६०.९ रुपैयाँ) मा जारी हुनेछ । 

जवकी घोराही सिमेन्टले सर्वसाधारण लगानीकर्ताका लागि ३३५ रुपैयाँ प्रिमियम सहित ४३५ रुपैयाँको दरमा प्राथमिक शेयर जारी गरेको थियो । कम्पनीले ७ सय भन्दा धेरै मूल्यमा शेयर बिक्री हुने आकलन गरेको थियो । तर विभिन्न विवादै विवादका बिचमा कम्पनीले सर्वसाधारण लगानीकर्ता सँग ३६१ रुपैयाँमै प्राथमिक शेयर बिक्री गर्नु पर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता सेयर बोलकबोल खुला गरेको थियो । बोलकबोलका प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको थियो । संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गरेका थिए । जसमा ३६ लाख कित्ताका लागि बोलपत्र पेश भएको थियो ।

बुक विल्डिङ विधिबाट मूल्य तय भए सँगै कम्पनीले सर्वसाधारणका लागि आइपिओ खरिदका लागि आह्वान गर्नेछ । यो प्रकृया अन्य कम्पनीले आइपिओ निष्काशन गरे अनुसार नै हुन्छ । सर्वसाधारणले अहिले आईपीओका लागि आवेदन दिएकै प्रक्रियाबाट खरिद आवेदन दिन सक्नेछन्। 

मागभन्दा बढी कित्ताका लागि आवेदन आएमा अहिलेकै प्रक्रियाजस्तो गोलाप्रथा गरिनेछ र सेयर बाँडफाँड हुनेछ। अहिले गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर बाँडफाँड गरिन्छ। तर, बुक बिल्डिङ विधिबाट बाँडफाँड गर्दा भने न्यूनतम ५० कित्ता हुन्छ। अर्थात पाउनेले न्यूनतम ५० कित्ता सेयर पाउनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया