सर्वोत्तम सिमेन्टको आइपिओ सर्वसाधारणले ३६१ रुपैयाँमा पाउने, बुक विल्डिङ विधिले गर्दा घोराही भन्दा सस्तो
- BFIS News
- 2023 Nov 27 15:25
काठमाडौं । बुक विल्डिङ विधिले गर्दा सर्वोत्तम सिमेन्टले घोराही सिमेन्टको भन्दा कम मूल्यमा आइपिओ बिक्री गर्नु पर्ने भएको छ । कम्पनीले नेपालमै पहिलो पटक बुक विल्डिङ विधिबाट निष्काशन गरेको प्राथमिक शेयरमा योग्य संस्थागत लगानीकर्ताहरुले पेश गरेको बोलकबोलका आधारमा कट अफ मूल्य ४०१ रुपैयाँ निर्धारण भएको छ ।
यसमा ४१ वटा योग्य संस्थापक लगानीकर्ताले ३६ लाख कित्ताका लागि बोलपत्र पेश गरेको नेप्सेले जनाएको छ । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १०% घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था रहेको छ । यसआधारमा, अब सर्वोत्तम सिमेन्टको आइपीओ सर्वसाधारणलाई प्रतिकित्ता करिब ३६१ रुपैयाँ (३६०.९ रुपैयाँ) मा जारी हुनेछ ।
जवकी घोराही सिमेन्टले सर्वसाधारण लगानीकर्ताका लागि ३३५ रुपैयाँ प्रिमियम सहित ४३५ रुपैयाँको दरमा प्राथमिक शेयर जारी गरेको थियो । कम्पनीले ७ सय भन्दा धेरै मूल्यमा शेयर बिक्री हुने आकलन गरेको थियो । तर विभिन्न विवादै विवादका बिचमा कम्पनीले सर्वसाधारण लगानीकर्ता सँग ३६१ रुपैयाँमै प्राथमिक शेयर बिक्री गर्नु पर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता सेयर बोलकबोल खुला गरेको थियो । बोलकबोलका प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको थियो । संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गरेका थिए । जसमा ३६ लाख कित्ताका लागि बोलपत्र पेश भएको थियो ।
बुक विल्डिङ विधिबाट मूल्य तय भए सँगै कम्पनीले सर्वसाधारणका लागि आइपिओ खरिदका लागि आह्वान गर्नेछ । यो प्रकृया अन्य कम्पनीले आइपिओ निष्काशन गरे अनुसार नै हुन्छ । सर्वसाधारणले अहिले आईपीओका लागि आवेदन दिएकै प्रक्रियाबाट खरिद आवेदन दिन सक्नेछन्।
मागभन्दा बढी कित्ताका लागि आवेदन आएमा अहिलेकै प्रक्रियाजस्तो गोलाप्रथा गरिनेछ र सेयर बाँडफाँड हुनेछ। अहिले गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर बाँडफाँड गरिन्छ। तर, बुक बिल्डिङ विधिबाट बाँडफाँड गर्दा भने न्यूनतम ५० कित्ता हुन्छ। अर्थात पाउनेले न्यूनतम ५० कित्ता सेयर पाउनेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया