NIMB Header 2
Nepal Life

शिखर इन्स्योरेन्सले मधेश प्रदेशमै पहिलो पटक सुरु गर्यो घुम्ती बीमा कार्यक्रम, घरमै पुगेर बीमा पोलिसी जारी गर्ने

Citizen Life
  • BFIS News
  • 2023 Dec 01 11:24
शिखर इन्स्योरेन्सले मधेश प्रदेशमै पहिलो पटक सुरु गर्यो घुम्ती बीमा कार्यक्रम, घरमै पुगेर बीमा पोलिसी जारी गर्ने
National Life

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले मधेश प्रदेशमै पहिलो पटक घुम्ति बीमा सेवा कार्यक्रमको शुरुवात गरेको छ । कम्पनीले त्रियुगा बहुमुखी सहकारी संस्था लिमिटेडको सहकार्यमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका फत्तेपुरको सम्पुर्ण वडाहरुमा घुम्ति बीमा सेवा कार्यक्रम सुरु गरेको हो ।

NIMB

यस भन्दा अगाडी कुनै पनि निर्जीवन बीमा कम्पनीले यसरी कृषकको घरदैलोमै पुगेर बीमा कार्यक्रम सञ्चालन नगरेको हुँदा शिखर इन्स्योरेन्स पहिलो भएको कम्पनीका प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ताको दाबी रहेको छ । आजदेखि सुरु भएको यस घुम्ति बीमा सेवाको शुभारम्भ कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ता, लहान शाखा प्रमुख कुश कुमार यादव, पशु प्राविधिक शुक्रराज घिमिरे, त्रियुगा बहुमुखी सहकारी संस्थाको तर्फबाट अध्यक्ष चन्द्र शेखर चौधरी, व्यवस्थापकी प्रमुख दिपक कार्की, लेखा संयोजक कर्ण भट्टराई, बीमा संयोजक मान प्रसाद लुइटेल र अन्य पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रममा कृषकहरुको पनि उल्लेख्य मात्रामा उपस्थिति थियो ।

घुम्ति बीमाका क्रममा बीमितको सम्पुर्ण बीमा शुल्क त्रियुगा सहकारीले नै भुक्तानी गरिदिनेछ भने बीमा सम्बन्धी सम्पुर्ण सुविधा शिखर इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने प्रदेश प्रमुख गुप्ताले जानकारी दिए । यो घुम्ति बीमा कार्यक्रम आजदेखि १५ दिनसम्म सञ्चालन हुनेछ ।

यस अवधिमा कम्पनीले १५ सय घरधुरीमा पुग्ने लक्ष्य लिएको छ । कम्पनीका कर्मचारी तथा सहकारीका प्रतिनिधिहरु प्रत्येक घर घरमा पुगेरै बीमा गराउने कार्यक्रम रहेको छ । कम्पनीले आफ्नो तर्फबाट सम्पुर्ण कागजपत्र बोकेरै जाने छ । साथै बीमितको फारम भर्नेदेखि लिएर बीमा पोलिसी नै उपलब्ध गराउनेछ ।

टोलिमा प्राविधिक पनि हुने भएकाले पशुपन्छी तथा अन्य सम्पत्तीको बीमाङ्क निर्धारण गर्नेदेखि लिएर ट्याग लगाउनेसम्मको काम हुने प्रदेश प्रमुख गुप्ताले जानकारी दिए । यसका लागि कम्पनीले ५ जनाको समुह बनाएर खटाएको छ । यदि आवस्यक पर्यो भने थप कर्मचारीहरु तथा सहयोगीहरुलाई खटाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रतिनिधिहरुले सहकारीका सदश्यका साथ साथै अन्य इच्छुक व्यक्तिहरुको पनि बीमा गरिदिनेछ । यदि सहकारीका सदश्यको पशुन्छि तथा सम्पत्तीको बीमा गर्नु पर्यो भने सहकारी मार्फत कागजी प्रकृयाँ अगाडी बढाउनेछ भने यदि सहकारी भन्दा बाहिरका सदश्यको बीमा गराउनु पर्यो भने पनि आवस्यक कागजपत्र लिएर बीमा पोलिसी तत्काल उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

अहिले घरघरमा गएर बीमा गरिसके पछि भोलिका दिनमा बीमितले दाबी भुक्तानीका लागि फोन गर्ने वित्तीकै घरमै पुगरे प्रकृयाँ अगाडी बढाइने गुप्ताले जानकारी दिए । उनले भने ‘अहिले बीमा गर्ने किसानले कहि पनि जानु पर्दैन । हामी सहकारी सँग समन्वय गरेर बीमितलाई तुरुन्तै दाबी भुक्तानी उपलब्ध गराउने छौ ।’

घुम्ति बीमामा कृषकहरुले पशुबीमा, घर बीमा, दुर्घटना बीमा साथै कम्पनीले दिने बीमाका सम्पुर्ण सुविधा प्रदान गर्नेछ । यस क्षेत्रमा कम्पनीका लाहान शाखा र गाइघाट शाखा सञ्चालनमा छन् । शिखरले दुई वर्षदेखि यस क्षेत्रमा बीमाको सुविधा प्रदान गर्दै आइरहेको छ । यस वर्ष भने नयाँ ढङ्गले बीमालाई अगाडी बढाउने क्रममा घुम्ति बीमाको अवधारणा विकास गरिएको गुप्ताले जानकारी दिए ।

कम्पनीले यस नगरपालिकामा सम्पन्न भएपछि अन्य नगरपालिका तथा गाउँपालिकामा पनि यस्तो कार्यक्रम सुरु गर्ने योजना बनाएको छ । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले शाखा तथा प्रदेश कार्यालयहरुलाई रचनात्मक ढङ्गबाट काम गर्न सबै शाखा हरुलाई प्रोत्साहित गर्दै आइरहेका छन् ।

शिखरले हवाइ बीमादेखि लिएर कृषकको बालि तथा पशुपन्छीकोसमेत बीमा गराउदै आइरहेको छ । बीमाको पहुँच सहरी क्षेत्रमा मात्रै केन्द्रित हुँदै गर्दा शिखरले आफ्नो पहुँच विकासोन्मुख सहत तथा जटिल ग्रामिण भुभागमा पनि बीमाको बजार विस्तार गर्ने रणनीति लिएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया