NIMB Header 2
Nepal Life

बाढीले तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध

National Life
  • BFIS News
  • 2023 Jul 08 05:08
बाढीले तीन सातादेखि फक्ताङलुङमा  मोबाइल सेवा अवरुद्ध
Sanima Reliance

काठमाडौं। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ। गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो।

Shikhar
NIMB

मोबाइल सेवा बन्द हुँदा सूचना आदनप्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताए।

‘अहिले बाढीपहिरोको गइरहेको छ। यस्तो अवस्थामा नेटवर्क नहुँदा सञ्चार सेवा नचल्दा समस्या भएको छ’, उनले भने।

उनका अनुसार गाउँमा सञ्चार सेवा अवरुद्ध भएको तीन साता भइसकेको छ। ‘साँझ बिहान पानी परिहेको छ। बाढी पहिराले कहाँ, कति क्षति गर्‍यो, कहाँ–कहाँ जोखिम बस्ती रहेको छ भन्ने विषयमा सूचना समेत पाउन नसकेको अवस्था छ’, उनले भने।

फक्ताङलुङ गाउँपालिकामा बाहेक अन्यत्रका टावर भने संचालनमै रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए।

‘ताप्लेजुङका टावर सबै राम्रो अवस्थामा छन्। फक्ताङलुङको मुरिङलामा रहेको टावरमा मात्रै समस्या देखिएको हो। टावरमा देखिएको समस्या समाधानका इलाम कार्यालयबाट प्राविधिक टोली आउनुपर्ने हुन्छ’, उनले भने। उनका अनुसार पाँचथरको हेवाखोलामा पुल निर्माण भएपछि इलामबाट प्राविधिक आउने जानकारी प्राप्त भएको छ।

हेवाखोलामा कहिले बन्छ बेलिब्रिज?

पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल तीन साताअघि बाढीपहिराले बगाएसँगै मेची राजर्माग अवरुद्ध छ। गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले मेची राजमार्ग अवरुद्ध भएको थियो। जसका कारण ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जाल विच्छेद भएको छ।

पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्क विच्छेद भएको हो। बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलीब्रिज अझै सकिएको छैन।

पुल बगाएकै दिन सरकारले तत्काल बेलीब्रिज हाल्ने निर्णय गरेको थियो। पुल नहुँदा ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्नलगायका सामग्री अभाव हुन सुरु गरेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताए।

लामो समय राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङमा खाद्यवस्तु तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको संघले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया