NIMB Header 2
Nepal Life

वेदेशिक रोजगारमा गएका नेपालीले हिमालयन रिको आइपिओ १०० कित्ता भन्दा धेरै पाउने

National Life
  • BFIS News
  • 2023 Dec 04 20:18
वेदेशिक रोजगारमा गएका नेपालीले हिमालयन रिको आइपिओ १०० कित्ता भन्दा धेरै पाउने
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरेको प्राथमिक शेयरमा आवेदन दिनेले १०० कित्तासम्म पाउने देखिएको छ । कम्पनीले आजसम्म बिक्री खुला गर्दा जम्मा ३४ हजार २०६ जनाले मात्रै आवेदन दिएका छन् । उनिहरुले ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आवेदन दिएका छन् । 

Shikhar
NIMB

न्युनतम १० कित्ताका लागि आवेदन दिन मिल्ने व्यवस्थाका कारण धेरै जसोले १० कित्ताकै लागि आवेदन दिएका रहेछन् भने १०० कित्तासम्म आवेदन दिने सबैले माग बराबरकै शेयर प्राप्त गर्न सक्ने सम्भावना रहन्छ । 

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि ३० लाख कित्ता शेयर बिक्रीका लागि खुला गरेकोमा १.५२ गुणा बढि मात्रै आवेदन परेको छ । कम्पनीले प्रिमियममा शेयर जारी गरेकाले पनि लगानीकर्ताहरुको खासै आकर्षण नदेखिएको हो । 

कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया