NIMB Header 2
Nepal Life

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न, भाग्यमानी एक लाख १४ हजार ८०० ले पाए १० कित्ता

National Life
  • BFIS News
  • 2023 Dec 05 10:30
मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न, भाग्यमानी एक लाख १४ हजार ८०० ले पाए १० कित्ता
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत निष्काशन तथा बिक्री प्रवन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँडका क्रममा भाग्यमानी एक लाख १४ हजार ८ सय जनाले गोलाप्रथाबाट १०/१० कित्ता शेयर प्राप्त गरेका हुन् ।

Shikhar
NIMB

कम्पनीले सर्वसाधारण समुह तर्फको १४ लाख कित्ता शेयर मध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बाँडफाँड गरिसकेको छ । त्यस्तै कर्मचारीका लागि सुरक्षित गरिएको ३ प्रतिशत र म्युचुअल फण्डलाई सुरक्षित गरिएको ५ प्रतिशत बाँडफाँड गरेर बाँकी ११ लाख ४८ हजार कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिएको हो ।

कुल १३ लाख ४० हजार १९९ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। बिक्री प्रबन्धकका अनुसार कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्। प्राथमिक शेयरको नतिजा मेरो शेयरको आइपिओ रिजल्ट हेर्ने साइट तथा बिक्री प्रवन्धकको वेवसाइटबाट हेर्न सकिन्छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया