NIMB Header 2
Nepal Life

बुधबार अन्तिम समयमा आक्रमक रुपमा किनेर इन्डेक्स हरियो बनाउनुको कारण के होला ?

National Life
  • BFIS News
  • 2023 Dec 06 22:06
बुधबार अन्तिम समयमा आक्रमक रुपमा किनेर इन्डेक्स हरियो बनाउनुको कारण के होला ?
Sanima Reliance

काठमाडौं । शेयर बजार लगातार घट्दा लगानीकर्ताको मनोबल एकदमै कमजोर बन्दै गइरहेको अवस्थामा बुधबारको कारोबारले लगानीकर्तालाई केहि उत्साहित बनाएको छ । शेयर बजार लगभत पछिल्लो वियरिस ट्रेण्डको सबैभन्दा तल्लो विन्दुमा रहेको छ ।

 

Shikhar
NIMB

तल्लो विन्दुलाई छुनै लाग्दा बुधबार अन्तिम समयमा एकाएक खरिद चाप देखियो । बुधबार कारोबार खुल्ने वित्तीकै तिव्र उतारचढाव थियो । प्राविधिक विश्लेषकहरुले पछिल्लो सपोर्ट बन्दुलाई हेरिरहेका थिए । अर्को तर्फ गभर्नर महाप्रसाद अधिकारीले अर्थसमितिमा व्याजदर अझै घट्ने भन्दै दिएको अभिव्यक्ति सञ्चार माध्यममा फैलियो । यसले गर्दा प्राविधिक तथा सैद्धान्तिक दुबै प्रकारका विश्लेषकलाई संबोधन गर्यो । प्राविधिक विश्लेषकहरुले हेरेरिहेको सपोर्ट विन्दु र सैद्धान्तिक विश्लेषकहरुले हेरेरहेको सकारात्मक सूचनाको म्याचिङले पनि लगानीकर्ताको कन्फिडेन्ट बढेको हो ।

यसै विषयमा शेयर बजारका विश्लेषक नवराज दाहालले आफ्नो फेसबुक पोष्टमा ‘यो अन्तिम समयमा आएर आक्रमक रुपमा किनेर इन्डेक्स हरियो बनाउनुको कारण के होला ।’भन्ने स्टाटसमा अधिकाम्स लगानीकर्ताले नेपाल राष्ट्र बैंक तथा गभर्नर महाप्रसाद अधिकारीलाई  संकेत गरेका छन् । हेम बहादुर थापाले लगातार घटिरहेको बजार फर्किएकोमा खुशी हुन सिक्नु पर्ने भन्दै हरेक कुरामा शंका गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

त्यस्तै फेसबुक नाम खनाल संसारले टेक्निकल्ली बियरिस ट्रेन्डको तल्लो लाइन छोएर फर्किएको बताएका छन् । केहि लगानीकर्ताले बाहिर हेल्ला गरेको भन्दा भित्रि रुपमा माहोल सकारात्मक देखिएको उनको भनाइ छ । नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा सकारात्मक कुराहरु ल्याउने भन्दै भोलिको दिनले मात्रै बजार बढ्ने वा घट्ने थाहा हुने बताएका छन् ।

अर्का लगानीकर्ता शम्भुमुकुट खरेलले १० कित्ते जुवाघरको संक्षा दिएका । राजन राउतले भने भोलि पनि घटाएर किन्ने दाउ भएकाको भन्दै तल झर्न पनि नदिने र बढ्न पनि नि नदिने अवस्था रहेको बताएका छन् । केशव शेरचनले घटाउनसम्म घटाएर कौडिको मुल्यमा शेयर खरिद गर्ने दाउलाई संकेत गरेका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया