नेपाल टेलिकमले ४० प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारणसभा
- BFIS News
- 2023 Dec 24 10:03
काठमाडौं । नेपाल टेलिकमले यस अगाडी प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश पारितका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ ।
टेलिकमले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। साधारणसभाले सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)








.png)






प्रतिक्रिया